प्रस, निजगढ, २ माघ/
निजगढ नपा–११ रतनपुरमा रतनपुर स्वास्थ्य चौकी निर्माण भई सञ्चालनमा आएको दुई वर्ष बढी भयो । रतनपुरले स्वास्थ्य चौकी पाए पनि कर्मचारीहरूबीच मनभेत देखिएको छ । पहिले किशोरी यादव स्वास्थ्य चौकी इन्चार्ज थिए ।
चौकी नयाँ भवनमा सरेको करीब एक वर्षपछि इन्चार्जको जिम्मेवारी दिनेश परियारले सम्हाल्न थालेसँगै विवाद पसेको स्थानीय बासिन्दा बताउँछन् ।
स्वास्थ्य कर्मचारीबीच उत्पन्न मतभेदको निजगढ नपा र नगर स्वास्थ्य शाखाले बेलैमा समाधान गर्न चासो नदेखाउँदा स्वास्थ्य चौकीको सम्पूर्ण सेवा बन्द गरी तालाबन्दी गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
दुवैजनाबीच वादविवाद र कुर्सी हानाहानको अवस्था समेत आएको प्रत्यक्षदर्शी कर्मचारीले नाम नछाप्ने शर्तमा बताएका छन् ।