प्रस, वीरगंज, २ माघ/

नेपाल विद्यार्थी सङ्घ, ठाकुरराम बहुमुखी क्याम्पस एकाइले सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

हरि खेतान बहुमुखी क्याम्पसको सन्दर्भमा सात बुँदे मागसहित नेविसङ्घ ठाराब क्याम्पस एकाइ अध्यक्ष मनोजकुमार साहसहितको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई ज्ञापनपत्र बुझाउँदै तीन दिनभित्र सात सूत्रीय माग पूरा नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

अध्यक्ष साहसहितको टोलीले क्याम्पस प्रमुख भगवानप्रसाद यादवलाई सोबारे ध्यानाकर्षण गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here