काठमाडौं, २ माघ/रासस

शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल अन्तर्गत आज सम्पन्न खेलमा मच्छिन्द्र फूटबल क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले बिग्रेड ब्वाइज क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो । मच्छिन्द्रका लागि विमल घर्ती मगरले दुर्ई तथा रेजिन सुब्बा र अभिषेक रिजालले एक–एक गोल गरे ।

ब्रिगेड ब्वाइजले मच्छिन्द्रलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने सकेन । खेलको ५६औं मिनेटमा मच्छिन्द्रका खेलाडी विमलले गोल गरे । उनले रेजिन सुब्बाले उपलब्ध गराएको बलमा हेडमार्फत गोल गरेका थिए । त्यस्तै खेलको ६२औं मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गरे । खेलको ८४औं मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रको अग्रता तेब्बर बनाए । उनले विमलको पासमा गोल गरेका थिए ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा अभिषेकले गोल गर्दै मच्छिन्द्रलाई ४–० गोलको जित दिलाए । जितसँगै शीर्ष स्थानमा रहेको मच्छिन्द्रको नौ खेलबाट २३ अङ्क पुगेको छ । मच्छिन्द्रले दोस्रो स्थानको मनाङलाई चार अङ्कले पछि पारेको छ । मनाड्ढो १९ अङ्क छ । ब्रिगेड ब्वाइज अङ्क तालिकाको १२औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here