बर्लिन, २ माघ/एएनआई/स्पुतनिक

दशौं हजार खोप समर्थकहरू र महामारी अस्वीकार गर्नेहरूले शनिवार जर्मनीभर जुलुस निकालेका छन् ।

सार्वजनिक प्रसारक एआरडिका अनुसार दक्षिणपश्चिमी शहर फ्रेइबर्गमा करीब ८,५०० मानिस सडकमा उत्रेका थिए । उनीहरूमध्ये लगभग ६,००० ले सार्वजनिक र निजी जीवनमा प्रतिबन्धको विरोध गरे, जबकि २,५०० ले प्रतिस्पर्धी प्रदर्शन गरे । त्यसैगरी थप तीन हजार प्रदर्शनकारीले कोभिड–१९ असन्तुष्टहरूको आलोचना गर्दै उत्तरी बन्दरगाह शहर ह्याम्बर्गमा जुलुस निकालेका छन् ।

मास्क नलगाएका सयौं प्रदर्शनकारी ह्याम्बर्गर कुनस्टले बाहिर ¥याली गर्दै प्रतिबन्धको अवज्ञा गरेका थिए, उनीहरूको पुलिससँग छिटपुट झडप भएको थियो । साथै ओसनाब्रक, श्वेरिन, म्युनिख, फर्थ र डसेलडोर्फमा हजारौं मानिसले प्रदर्शन गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here