प्रस, ठोरी, १ माघ/
ठोरी गाउँपालिका–४ विजयबस्तीका युवाहरूले ठोरी–१ मा रहेको वृद्ध तथा असहाय कल्याण समाजलाई खाद्यान्न तथा सफाइ सामग्री सहयोग गरेका छन् ।
मकर सङ्क्रान्तिको अवसरमा स्थानीय युवा राजकुमार श्रेष्ठको अगुवाइमा ३ बोरा चामल, ५ किलो चिनी, ६ किलो आलु, ३५ प्याकेट सर्फ, तीन किलो दाल, खानेतेल, चियापत्ति, लुगाधुने साबुन, मसला, मकैलगायत खाद्य सामग्रीका साथै सफाइमा प्रयोग हुने सामग्रीहरू सहयोग गरेका थिए ।
समाजका संरक्षक आसबहादुर गुरुङले युवाहरूबाट निरन्तर सहयोग भइरहेकोमा खुशी व्यक्त गरे। कार्यक्रममा नरबहादुर श्रेष्ठ, प्रेम श्रेष्ठ, पतिराम श्रेष्ठ, राजु श्रेष्ठ, राजु महतो लगायतको सहभागिता थियो ।