प्रस, ठोरी, २९ पुस/

कोभिड –१९ को नयाँ भेरिएन्ट सङ्क्रमणको त्रास बढ्न थालेपछि इलाका प्रहरी कार्यालय, ठोरीले सक्रियता बढाएको छ । सङ्क्रमण रोकथामका लागि प्रहरीले सबै ठोरीवासीलाई अनिवार्य मास्क लगाउन आग्रह गर्दै अभियान थालेको छ ।

बिहीवार इलाका प्रहरी कार्यालय, ठोरीका प्रहरी निरीक्षक ब्रह्मदेव साहको नेतृत्वमा प्रहरीले गाउँँपालिकाभित्रका विभिन्न ठाउमा मास्क वितरण गरेको छ । कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय, ठोरीले बिहीवार ठोरीका विभिन्न ठाउँमा मास्क नलगाउने सर्वसाधारणलाई निश्शुल्क मास्क वितरण गर्दै कोभिड सङ्क्रमण रोकथाममा सक्रिय भएको छ ।

कोरोना सङ्क्रमणबाट बच्न मास्क प्रभावकारी हुने भएपनि ठोरीमा पछिल्लो समय मास्क नलगाउने बानी बढ्दै गएपछि सङ्क्रमणबाट बच्न सर्वसाधारणलाई मास्क लगाउन आग्रह गरिएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक साहले जानकारी दिए ।

बिहीवार प्रहरीले ठोरीको टाउन बजार, रामनगर, ब्रह्मानगर, विजयबस्ती लगायत विभिन्न ठाउँमा मास्कविना हिंडडुल गरिरहेका स्थानीयलाई मास्क लगाउन आग्रह गर्दै सचेतनाको लागि निश्शुल्क मास्कसमेत वितरण गरेको उनले बताए ।

प्रहरीले कोभिड–१९ बाट बच्न पालन गर्नुपर्ने उपायहरूबारे सन्देशमूलक सामग्री प्रचारप्रसार गर्दै भीडभाड नगर्न आग्रह गरेको थियो । सो अवसरमा प्रहरीले स्थानीयलाई कोरोना सङ्क्रमणबाट बच्न मास्क सबैभन्दा प्रभावकारी उपाय भएकोले मास्कको महŒवबारे जानकारी दिंदै सधैं घर बाहिर निस्कँदा मास्क लगाउन आग्रह गरेको प्रहरी निरीक्षक साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here