राधेश्याम पटेल, वीरगंज, २८ पुस/

नेपालको विशाल समूहले पर्सामा एक अर्बको उद्योग लगाउँदै छ । पर्सा, विन्दवासिनी गाउँपालिका–२ गर्दौलमा गत वैशाखदेखि निर्माण कार्य भइरहेको छ । वीरगंज–ठोरी हुलाकी सडकखण्डमा पर्ने सो उद्योग वीरगंजबाट करीब १२ किलोमिटर पश्चिममा पर्छ ।

उद्योगको लागि समूहले करीब ८ बिघा जग्गा खरीद गरी निर्माण कार्य धमाधम भइरहेको छ । साउथ एशियन बेभरेज प्रालिको नामले स्थापना भइरहेको उद्योगले भारतीय ब्रान्डको जुस र मिनरल वाटर उत्पादन गर्ने लक्ष्य राखेको छ ।

भारतीय पार्ले एग्रो कम्पनीको फ्रेन्चाइच उत्पादकहरू उत्पादन गर्ने लक्ष्यका साथ उद्योग निर्माणको काम भारतीय परामर्शदाता कम्पनीको सहयोगमा भारतीय ठेकेदारमार्फत भइरहेको छ । ६ महीनापछि उत्पादन थाल्नेगरी तीव्रताका साथ काम भइरहेको उद्योगका इन्जिनीयर मुना यादवले जानकारी गराए । “उद्योगले वैशाखपछि बजारमा उत्पादन ल्याउने लक्ष्य राखेका छौं”–उनले भने–“अहिले उद्योग निर्माणमा करीब २ सय मजदूर दैनिक काम गरिरहेका छन् ।”
उद्योग सञ्चालनमा आएपछि पार्ले एग्रोका उत्पादनहरू फ्रूटी, एपी, एपी फिज नामक जुस र बेली ब्रान्डमा मिनरल वाटर उत्पादन गर्नेछ । उक्त उद्योग पूर्ण स्वचालित र आधुनिक प्रविधिको भए पनि करीब ३ सय मजदूरले रोजगार पाउनेछन् ।

नेपाल सरकारले दुई वर्ष अघि इनर्जी ड्रिंक्स तथा जुस आयातमा एन्टी डम्पिङ राजस्व लगाउँदै आयातमा भन्सार महसूल बढाएपछि नेपाली लगानीकर्ताहरूले नेपालमैं जुस उद्योग लगाउन अग्रसरता देखाएका हुन् । फ्रूटी नेपालमा पनि अत्यधिक बिक्री हुने जुसको ब्रान्ड हो । प्रूmटी पहिले वीरगंजका व्यवसायी दिपक श्रेष्ठको छातापिपरास्थित उद्योगले उत्पादन गर्दै आएको थिय। रोयल्टीको विषयमा विवाद हुँद भारतीय पार्ले एग्रोले विशाल समूहसँग टाइअप गरेको चर्चा ।

स्टील उद्योग र ट्रेडिङ व्यवसायबाट चर्चित बनेको नेपालको विशाल समूहले हाल यती ब्रुअरी प्रालि चितवनबाट चर्चित अर्ना बियर, कमला रोलिङ स्टील, ग्रीन टायरको उत्पादन गर्छ भने युनाइटेड डिस्ट्रिब्युटर्स, इन्डेक्स डिस्ट्रिब्युटर्स, जिटिसी र एडीजस्ता ट्रेडिङ कम्पनीबाट व्यवसाय गर्दै आएको छ भने एनआइसी एशिया, निफ्रा र एलआइसी बैंक तथा वित्तीय संस्थामा पनि यो समूहको मुख्य लागनी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here