नितेश कर्ण, वीरगंज, २८ पुस/

जिल्ला प्रशासन कार्यालय, पर्साका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको आतङ्क फैलिएसँगै पूर्व तयारीका कामहरू भइरहेको बताएका छन् ।

मास्क अनिवार्य, भीडभाड कम गर्ने, स्वास्थ्य परीक्षणमा कडा, कोभिड अस्पताल बनाउने काम, हेल्थडेस्क निर्माण, सचेतना कार्यक्रम, जोखिम न्यूनीकरण गरी सेवा प्रवाहलगायत स्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गराउनेतर्फ आवश्यक जनशक्ति परिचालन गरिएको बताएका छन् । उनले वीरगंज महानगरपालिकामा तत्काल १५ वटा अस्पताल रहेको र सोमा आइसियु १८३ शøया, एचडियु ३२३ शøया, भेन्टिलेटर ४९ शøयाको रहेको बताए ।

उनले नारायणी अस्पताल, वयोधा, नेशनल मेडिकल कलेज (बाबा अस्पताल), गण्डक, प्रभु, एडभान्स, स्पर्श, वीरगंज हेल्थकेयर, अलि अटो, वीरगंज मेट्रोसिटी, सेढवापरसौनी आइसोलेशन, नारायणी सेन्ट्रल र नेपाल–इन्डो अस्पतालमा गरी यी सङ्ख्यामा आइसियु, एचडियु र भेन्टिलेटरको अवस्था रहेको सूचना अधिकारी पौडेलले बताए ।

उनले कोरोनाको पहिलो चरणमा पर्सा जिल्लामा ३१ हजार १५९ वटा पिसिआर परीक्षण भएको ३ हजार १८४ जना पोजेटिभ, ३ हजार ३०९ जना डिस्चार्ज भएका पर्सा जिल्लाका ५५ जना र अन्य जिल्लाका ३१ जना गरी ८६ जनाको मृत्यु भएको बताए ।

यसैगरी दोस्रो चरणमा १७ हजार ५७३ वटा पिसिआर परीक्षण भएको, १४ हजार ९३३ एन्टिजेन परीक्षण, ३ हजार ५३२ जना पोजेटिभ देखिएका, ३ हजार ८४१ जना डिस्चार्ज भएका र पर्सा जिल्लाका १४२ जना तथा अन्य जिल्लाका २०४ जना गरी ३४६ जनाको मृत्यु भएको बताए । उनले यो तथ्याङ्क पुस २६ गतेसम्मको भएको र यो अवधिमा पहिलो मात्राको खोप २ लाख ६९ हजार ७५४ जनाले लिएको तथा १ लाख ६९ हजार ३१५ जनाले दोस्रो मात्राको खोप लिइसकेको उनले बताए ।

अहिले जिल्लामा भएको अक्सिजनको अवस्था आकलन गरिएको कोरोना अस्पतालका लागि अस्पताल सञ्चालकहरूसँग बैठक गरी निक्र्योल निकालिने बताए । पछिल्लो चरणमा मुख्य नाकाको इनर्वा चेक प्वाइन्टमा स्वास्थ्य परीक्षणमा कडाइ गरिएको र अन्य नाकामा पनि स्थानीय पालिकासँग समन्वय गरेर परीक्षणको व्यवस्था मिलाइने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here