प्रस, वीरगंज, २७ पुस/
नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखाले विपद् व्यवस्थापन समिति, पर्साका संयोजक प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई मास्क हस्तान्तरण गरेको छ ।
शाखा सभापति वीरेन्द्रराज कँडेलले प्रजिअ ढकाललाई पाँच हजार थान मास्क हस्तान्तरण गरेका हुन् । कोभिडको नयाँ भेरियन्टको आतङ्क फैलिएसँगै आममानिसलाई मास्कको उपलब्धता सहज होस् भनी हस्तान्तरण गरिएको सभापति कँडेलले बताए ।
सो अवसरमा कँडेलले कोरोनाको पहिलो र दोस्रो लहरमा रेडक्रसले महानगरसहित जिल्लाका ग्रामीण क्षेत्रमा पु¥याउँदै आएको सेवालाई अझ विस्तृत बनाउने आश्वासन दिए ।
कार्यक्रममा मन्त्री शैलेन्द्रकुमार चौरसिया, कोषाध्यक्ष महन्त यादवलगायतको सहभागिता रहेको रेडक्रसका सहायक राजन श्रीवास्तवले बताए ।