राधेश्याम पटेल, वीरगंज, २६ पुस/
वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार (ड्राइपोर्ट) बाट ३६ टन सुपारी भित्रिएको छ । गत शुक्रवार माँ लक्ष्मी ट्रेडर्सले इन्डोनेशियाबाट आयात गरेको २० फुटे दुईवटा कन्ेटनर विशाखापट्टनम हुँदै वीरगंज भित्रिएको हो ।
माँ लक्ष्मी टेड्रर्स नामको फर्म व्यवसायी प्रदीप मित्तल, दिनेश राडी र सौर्य एयरलाइन्सका सञ्चालक दीपक पोखरेल समूह भएको कम्पनी हो । यो समूहले केपीशर्मा ओलीको पालामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट हुँदF आर्थिक चलखेल गरी २५ हजार टन सुपारी आयात गर्ने कोटा पाएको थियो ।
जसमध्ये गत असार मसान्तसम्म सिपमेन्ट गराइसक्ने शर्तमा १३ हजार टन सुपारी इन्डोनेशियाबाट कोलकाता हुँदै पूर्वका भन्सार नाकाहरू– काकडभिट्टा र विराटनगरबाट भिœयाइसकेको छ । बाँकी १२ हजार टन सुपारी आयातको म्याद थपाएर पुनः रूट परिवर्तन गरी आयात भएको भन्सार स्रोतको दाबी छ ।
वाणिज्य तथा आपूर्ति विभागका तत्कालीन महानिर्देशक सुरेन्द्र पौडेललाई प्रभावमा पारी थप ६ महीना भित्र बाँकी सुपारी भिœयाउन दिन म्याद थपिएको थियो । म्याद थपिएको कागजातको आधारमा पूर्वका भन्सार अधिकारीहरूले सुपारीको जाँचपास गर्न झन्झट सृजना गर्न थालेपछि आयातकर्ताले वीरगंज नाका रोजेको हो ।
यो नाकाबाट सोही समूहको पोस्तादाना धमाधम भित्रिइरहेको छ । भन्सार विभागको सेटिङमा वीरगंजका भन्सार अधिकारीहरूले छुटपूर्जीविना दुई कन्टेनर सुपारी जाँचपास गराई लगेको बन्दरगाह भन्सारस्थित प्लान्ट क्वारेन्टिन शाखाका प्रास रामनरेश साहले बताए ।
१ करोड ३५ लाख मूल्य बराबरको सुपारी भारत तस्करीको आशङ्का
इन्डोनेशियामा प्रतिकिलो २४० रुपियाँमा सुपारी खरीद गरिन्छ । तर भन्सार मूल्याङ्कन पुस्तिकामा प्रतिटन १ हजार ५० डलर मूल्याङ्कन गरिएकोले त्यही मूल्याङ्कनमा भित्रिन्छ । भन्सारले प्रतिकिलो रु ४५ भन्सार महसूल र रु २५ अन्तःशुल्क र १३ प्रतिशत मूअकर लिन्छ। अन्य खर्च र नेपालसम्म ढुवानी गर्दा किलोमा २५ रुपियाँ थपेर रु ३७५ प्रतिकिलोको हिसाबमा इन्डोनेशियाबाट सुपारी वीरगंज गोदामसम्म आइपुग्छ । दुई कन्टेनर सुपारी करीब १ करोड ३५ लाख मूल्य बराबरको रहेको अनुमान गरिएको छ ।
गुटखा उद्योगलाई रु साढे ६ सय किलोको दरले सुपारी बिक्री गरिरहेको स्रोतको भनाइ छ । त्यही सुपारी भारत पुग्यो भने भारु ४८० प्रतिकिलो, अर्थात् ७ सय ७० मा बिक्री हुन्छ । नेपाल भित्रिने सुपारीमध्ये अधिकांश तस्करीको माध्यमले भारतमैं खपत हुँदै आएको छ । स्रोतका अनुसार वीरगंजसँगै अन्य नाकाबाट पनि सुपारी चाँडै आयात गरी चालू वर्षमा पुनः २५ हजार टन सुपारी आयात गर्ने कोटा लिने समूहको तयारी छ ।