लागोस, २६ पुस/सिन्ह्वा

उत्तरी नाइजेरियाको एक विद्यालयबाट छ महीना अघि अपहरण गरिएका शिक्षक र विद्यार्थी गरी ३० जनाको उद्धार गरिएको छ । उनीहरूलाई छ महीना अघि उत्तरी नाइजेरियाको केबेई प्रान्तबाट अपहरण गरिएको थियो । त्यहाँ अवस्थित एक विद्यालयमा आक्रमण गरेर आतंङ्कारीहरूले उनीहरूलाई अपहरण गरी लगेका थिए ।

ती शिक्षक र विद्यार्थीको खोजीका लागि प्रहरीले एक विशेष अनुसन्धान टोली खटाएको जनाएको थियो । प्रहरी टोलीको छ महीने लामो खोजपछि उनीहरूलाई फेला पारेको र उद्धार गरेको जनाइएको छ ।

केबेई प्रान्तीय सरकारका प्रवक्ता याहा सार्कीले सो कुराको जानकारी दिए । उनले आइतवार पत्रकार सम्मेलन गरेर लामै समयको खोजीपछि ती शिक्षक र विद्यार्थीलाई अपहरणमुक्त गराउन सकेको बताए ।

उनले भने–“नाइजेरियामा पछिल्लो समयमा यहाँका हतियारधारी आतङ्ककारीहरूले विद्यालयमा आक्रमण गर्ने र शिक्षक र विद्यार्थीलाई अपहरण गरी लैजाने गरेका छन् । विद्यालय सुरक्षाका लागि प्रहरीले विशेष सुरक्षा दस्ता तयार पारेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here