नयाँ दिल्ली २६ पुस/एएनआई

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ७९ हजार ७२३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले सोमवार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरू भएदेखि हालसम्म तीन करोड ५५ लाख २८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

हाल यहाँ ४०३३ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले सोमवार जानकारी दिएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामैं रहेकाको सङ्ख्या सात लाख २३ हजार ६१९ रहेको छ । गएको २४ घण्टामा भारतमा ४६ हजार ५६९ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोना शुरू भएयता हालसम्म तीन करोड ४५ लाख १७२ मानिस कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यहाँ कोरोना भाइरस निको हुने दर ९६.६२ प्रतिशत रहेको जनाइएको छ ।

सोही अवधिमा थप १४६ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार ९३६ जना पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

कोरोना शुरू भएदेखि हालसम्म ६९ करोड १५ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुुरू भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५१ करोड ९४ लाख ५ हजारभन्दा बढी डोज खोप लगाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here