नयाँ दिल्ली, २५ पुस/एएनआई

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५९ हजार ६३२ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतवार जानकारी दिएको छ । यससँगै भारतमा कोरोना शुरू भएदेखि हालसम्म तीन करोड ५५ लाख ८ हजार सङ्क्रमित भएका छन्।

हाल यहाँ तीन हजार ५२३ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्त्रालयले आइतवार जानकारी दिएको छ । ओमिक्रोनका ती सङ्क्रमितहरूमा एक हजार ४०९ जना भने कोरोना मुक्त भएका जनाइएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामैं रहेकाको सङ्ख्या पाँच लाख ९० हजार ६११ छ । गएको २४ घण्टामा भारतमा ४० हजार ८६३ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोना शुरू भएयता हालसम्म तीन करोड ४४ लाख ५३ हजार ६०३ जना कोरोना सङ्क्रमण निको भएकोले कोरोना भाइरस निको हुने दर ९६.९८ प्रतिशत रहेको जनाइएको छ ।

सोही अवधिमा थप ३२७ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसFगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार ७९० छ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

कोरोना शुरू भएदेखि हालसम्म ६९ करोड ३४ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुुरू भएको थियो । हालसम्म एक अर्ब ५१ करोड ५७ लाख ६० हजारभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here