वाशिंगटन अमेरिका, २४ पुस/एएनआई
अमेरिकी युरोपेली कमान्ड (EUCOM) ले क्षेत्रीय स्थायित्वको कोशेढुङ्गाको रूपमा क्षमता बढाउने प्रयासको रूपमा अल्बानियामा विशेष अपरेशन मुख्यालय स्थापना गरिरहेको बताएको छ ।
पूर्व सिआइए विश्लेषक रे म्याकगोभरले स्पुतनिकलाई जनाए अनुसार अमेरिकी सेनाले अल्बानियामा विशेष अपरेशन कमान्ड खोल्नुको कारण वाशिंगटन चीनसँग तिरानासम्बन्ध बारे चिन्तित छ । उनले भने वाशिंगटनले त्यहाँ एउटा आधार पत्ता लगाउने निर्णय ग¥यो–“किनकि तिनीहरू (अमेरिका) ले भर्खरै थाहा पाए कि अल्बानिया चिनियाँ कम्युनिस्टहरूको प्रबल सहयोगी हो ।”
EUCOMले अमेरिकी अल्बेनियाली सहयोगीहरूसँग अन्तक्र्रियाशीलता वृद्धि र बाल्कनमा यातायात केन्द्रमा महŒवपूर्ण पहुँच प्रदान गर्ने स्पुटनले रिपोर्ट गरेको छ । बाल्कन इन्भेस्टिगेटिभ रिपोर्टिङ नेटवर्कले हालैको विश्लेषणमा यस क्षेत्रमा ३६ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका १३५ चिनियाँ–सम्बद्ध परियोजना पहिचान गरेको छ ।
संयुक्त राज्य अमेरिकाले सुरक्षा खतराको रूपमा कालोसूचीमा राखेको चिनियाँ प्राविधिक फर्म हुवावेसँग सहकार्यदेखि धातु विज्ञान, खानी, ऊर्जा र यातायात पहलसम्मका परियोजना छन् ।
यसबाहेक चीनले खोप प्रदानका अतिरिक्त द्विपक्षीय सुरक्षा, चिकित्सा र सांस्कृतिक सम्झौतामार्फत पनि यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेको छ ।
यस अघि अल्बेनियाका राष्ट्रपति इलिर मेटाले अक्टोबरमा नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएको भेटमा दुई देशबीच सहयोगको प्रचुर सम्भावना रहेको बताएका थिए ।
चीनले अल्बानियासँग उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्यका लागि काम गर्न तयार रहेको सङ्केत गरेको बेला दुवै पक्षले व्यापार बढाउन सहमति जनाएको सिन्ह्वाले बताएको छ । रासस