प्रस, सिम्रौनगढ, २३ पुस/

सुरेन्द्र गिरीद्वारा लिखित भोजपुरी पद सङ्ग्रह ‘सोनकिरिनिया’ तथा लघुकथा ‘कहाँ गइल उ दिन’को शुक्रवार विमोचन भएको छ ।

जिल्ला समन्वय समिति, बाराका अध्यक्ष नवलकिशोर सिंहले देवताल गाउँपालिका, पिपरडारीको आयोजनामा भएको कार्यक्रममा पद सङ्ग्रह र लघुकथाको विमोचन गरेका थिए । उनले देवताल गापामा ठूलो सङ्ख्यामा विद्वान्हरू भएकोमा खुशी व्यक्त गरे । उनले साहित्यकारबाट गाउँटोलको पहिचान बढ्ने बताए ।

भोजपुरी भाषामा पुस्तक प्रकाशन गरेर यो भाषीहरूको मनोबल उच्च पारिएको उनले बताए । अध्यक्ष सिंहले भोजपुरी भाषाको पहिचान, विकासको लागि आफूले हरसम्भव सहयोग गर्ने आश्वासन दिए ।

देवताल गापाका प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले नेपालमा २५ लाख भोजपुरीभाषी रहेको तर आशाप्रदरूपमा भाषाको विकास हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा भोजपुरी भाषामा योगदान पु¥याउने कवि, पत्रकार, साहित्यकार क्रमशः रामप्रसाद साह, जगदीश पङ्कज, भारतीय कवि डा लटपट ब्रजेश, उमाशङ्कर द्विवेदी ‘दधीचि’, पत्रकार रामेश्वर मेहता, शिक्षक देवेन्द्र गिरी, सुनील कुमार, अजमत अलि लगायतलाई सम्मानित गरिएको थियो ।

देवताल गापा अध्यक्ष चन्दन सिंहको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा कवि महादेव सिंह, रामप्रसाद साह, डा लटपट ब्रजेश, देवेन्द्र गिरी, प्राध्यापक प्रकाशकुमार साह, उमाशङ्कर द्विवेदी ‘दधीचि’, रामनिवासलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वडाध्यक्ष मिश्रीलाल सहनीले स्वागत तथा शिवनारायण साहले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here