प्रस, वीरगंज, २२ पुस/

नगरप्रमुख विजयकुमार सरावगीले बिहीवार पाँचवटा वडाका ज्येष्ठ नागरिकहरूलाई कम्बल वितरण गरेका छन् ।

महानगरको जनकल्याणकारी योजना अन्तर्गत पुस १७ गतेदेखि ३२ वटै वडाका ५ हजार ८०५ जना ज्येष्ठ नागरिकलाई कम्बल, छाता, झुल, टर्च वितरण गर्ने अभियान शुरू गरिएको हो । सोही क्रममा आज वडा नं ५, ८, १३ र १६ का ज्येष्ठ नागरिकहरूलाई कम्बललगायतका सामग्री वितरण गरिएको हो ।

महानगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई सो सामग्री वितरण गर्नुका साथै बढ्दो चीसोसँगै डिभिजन वन कार्यालय, पर्सासँग समन्वय गरेर दाउरा वितरण गर्ने जनाएको छ ।

डिभिजन वन कार्यालयले माग अनुसारको दाउरा उपलब्ध नगराएको हुँदा तत्काल वितरणमा समस्या भएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here