प्रस, जनकपुरधाम, २१ पुस/
प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रूबीकुमारी कर्ण सवार गाडी ज.१झ ४०६ स्कार्पियो दुर्घटनामा परेको छ ।
बुधवार साँझ छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारी निवासी मुक्तिलाल मण्डलको हत्याबारे जानकारी लिन र परिवारलाई समवेदना प्रकट गर्दै फर्कने क्रममा दुर्घटनामा परेको उनका स्वकीय सचिव ध्रुवकुमार मण्डलले बताए ।
गाडीमा राज्यमन्त्रीसँगै उनका स्वकीय सचिव मण्डल, सुरक्षा गार्ड प्रहरी हवल्दार तुलसीप्रसाद साह, चालक विकेश चौधरी, नेकपा माओवादीका जयप्रकाश चोधरी र प्रथमलाल राम सवार थिए।
सबैजना कुशल रहेको डा ज्ञानेन्द्र झाले बताए । विष्णुपुर–७ नहरचोकनजीक सडक साँघुरो रहेको र गाडी मोड्ने क्रममा खेतमा पल्टिएर दुर्घटना भएको स्वकीय सचिव मण्डलले बताए ।