प्रस, रौतहट, २० पुस/
जनमत पार्टीले गौरमा प्रदर्शन गरेको छ।
किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन, समयमा मलखाद, बीउ, सिंचाइको व्यवस्था, सिंचाइको लागि निश्शुल्क विद्युत्, विपद्मा परेका किसानहरूलाई क्षतिपूर्ति, किसानहरूको उत्पादनको उचित मूल्य निर्धारण, उखु किसानलाई भुक्तानी र किसानहरूलाई कार्डको व्यवस्था गर्नुपर्ने मागसहित जनमत पार्टीले प्रदर्शन गरेको थियो।
प्रदर्शनको क्रममा जनमत पार्टीले किसानहरूलाई पेन्सन, बालीको बीमा, किसानविरुद्ध झूटा मुद्दा खारेजी, दमनकारी नीति बन्द गर्नुपर्ने नारा लगाएको थियो। यी मागहरूसहितको नारा लगाएर जनमत पार्टीले गौर नगरपरिक्रमा गरेको थियो।
जनमत पार्टी रौतहटका अध्यक्ष रामेश्वर यादव, केन्द्रीय सदस्य ललित मल्लिक सानुलगायतका नेता, कार्यकर्ताहरू प्रदर्शनमा सहभागी थिए।