काठमाडौं, १९ पुस/रासस

राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले आगामी माघ महीनामा हुने दुर्ई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलका लागि बन्द प्रशिक्षणमा ३४ जना खेलाडीलाई बोलाएका छन्।

आगामी माघ १५ र १८ गतेका लागि तय भएको नेपाल र अफ्रिकी राष्ट्र मौरिसससँग हुने दुर्ईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलका लागि प्रारम्भिक चरणमा ३४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्। नेपाल र मौरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ।

छनोटमा पर्ने नेपाली टोलीमा विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, शत्रिघन चौधरी, टेकेन्द्र थापा, आशिष लामा, आयुश घलान, आकाश बूढामगर, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट र विमल घर्तीमगर रहेका छन्।

त्यसैगरी, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, क्षितिज रत्न छुन्जु, मनीष डाँगी, नवीन गुरुङ, नितिश थापा, पूजन उपरकोटी, सन्तोष तामाङ, सुवास गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी, सुशील राई र तेज तामाङ रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here