चिरञ्जीवी सापकोटा, ठोरी, १६ पुस/

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनबाट प्रदेश नम्बर २ को महामन्त्री निर्वाचित नेपाली काङ्ग्रेस ठोरीका नेता वृहस्पतिकृष्ण श्रेष्ठलाई ठोरीको पाँचवटै वडामा भव्य स्वागत तथा सम्मान गरिएको छ ।

आज ठोरी गाउँपालिका–५ सुवर्णपुरमा भेला भएका नेपाली काङ्ग्रेसका नेता, कार्यकर्ताहरूले नवनिर्वाचित महामन्त्री श्रेष्ठको भव्य स्वागत तथा सम्मान गरेका थिए । सुवर्णपुरपछि ठोरी–४ विजयबस्तीमा पनि महामन्त्री श्रेष्ठको स्वागत तथा सम्मान गरिएको थियो ।

ठोरी–३ पार्टी कार्यालयमा पनि नेपाली काङ्ग्रेसका नेता, कार्यकर्ताहरूले नवनिर्वाचित महामन्त्रीको स्वागत तथा सम्मान गरेका थिए । ठोरी– २ भन्सार परिसर र गौतमनगरको चोक बजार तथा ठोरी–१ दिपकनगर, भगवाननगर र चौतारामा पनि नवनिर्वाचित महामन्त्री श्रेष्ठको भव्य स्वागत र सम्मान गरिएको नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाश खनालले जानकारी दिए ।

५ वटै वडामा भएको छुट्टाछुट्टै स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित महामन्त्री श्रेष्ठले ठोरीवासीले आफूलाई अवसर दिएको हुँदा ठोरीवासीलाई आफूले विकास–उपहार दिने उद्घोष गरे । महामन्त्री श्रेष्ठले ठोरीमा विकासको लहर ल्याउन आउँदो निर्वाचनमा तीनै तहमा नेपाली काङ्ग्रेसलाई विजयी बनाउन आग्रह गरे ।

स्वागत तथा सम्मान कार्यक्रममा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधिहरू रामबहादुर श्रेष्ठ, प्रकाश खनाल, गोमा उपाध्याय, कमला श्रेष्ठ, प्रदेशसभा क्षेत्रीय सभापति जीवनकृष्ण सापकोटा, वडासभापतिहरू विमल खड्का, मिलन श्रेष्ठ, रुद्र खड्का, देवीप्रसाद पराजुली, तिलकबहादुर रिमाल, नेपाली काङ्ग्रेसका युवा नेता सन्तोष श्रेष्ठ, कुलबहादुर श्रेष्ठ, पीताम्बर सिलवाल, हरिबहादुर सिलवाललगायत नेता, कर्यकर्ताहरूको भव्य उपस्थिति रहेको क्षेत्रीय सभापति सापकोटाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here