प्रस, जनकपुरधाम, १४ पुस/

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले घरेलु तथा साना उद्योगमा महिलालाई प्रोत्साहित गर्न आग्रह गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग प्रदेश नं २ को दोस्रो अधिवेशन एवं महिला उद्यमी सम्मेलनको बुधवार जनकपुरमा मुख्यमन्त्री गद्दीले सो आग्रह गरेका हुन् ।

घरेलु तथा साना उद्योगमा महिलाको सहभागिता र सक्रियता बढाउन सकिए प्रदेशको आर्थिक विकासले गति लिने हुँदा घरेलु तथा साना उद्योगतर्फ महिलालाई प्रोत्साहित गर्नुपर्ने उनको जोड थियो ।

पछिल्लो समय घरेलु तथा साना उद्योगमा महिलाको सहभागिता बढ्दै गएकोप्रति खुशी व्यक्त गर्दै उनले साना उद्योगमा महिलाको सहभागिता र सक्रियता बढाउन प्रदेश सरकारले ठोस योजना बनाउन लागेको बताए ।

प्रदेशमा उद्योगधन्दा सञ्चालन गर्ने प्रचुर सम्भावना भएपनि विभिन्न कारणले अपेक्षाकृत कार्य गर्न नसकिएको उल्लेख गर्दै उनले प्रदेश सरकारले छिट्टै औद्योगिक विकासका लागि ठोस योजना ल्याउने मुख्यमन्त्री गद्दीले प्रतिबद्धता व्यक्त गरे ।

नेपालको आर्थिक विकासमा कृषिजन्य उद्योगले ठूलो योगदान पु¥याएको चर्चा गर्दै मुख्यमन्त्री गद्दीले प्रदेश सरकारले कृषिउपज र अन्य घरेलु तथा साना उद्योगको उत्पादनलाई बजारसम्म पु¥याउन आवश्यक रणनीति बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

उद्योग महासङ्घ प्रदेश २ का अध्यक्ष सत्यनारायण अग्रवालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा महासङ्घका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले बङ्गलादेशसँग समन्वय गरेर वीरगंजमा गार्मेन्ट उद्योग स्थापना गर्न सुझाउँदै महिला उद्यमीलाई सहुलियत दरमा ऋण उपलब्ध गराउन प्रदेश सरकार अग्रसर हुनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here