• जेम्स गैलाघर

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनमा ठूलो मात्रामा उत्परिवर्तन भएको छ, जसले कोभिड भाइरसबाट जोगाउने खोपको प्रभावकारितालाई पनि असर गर्छ । केही कोरोना खोपका दुई मात्राले पनि ओमिक्रोन सङ्क्रमणबाट जोगाउन सक्दैन । यद्यपि यो खोपले गम्भीर बिरामी हुने र अस्पताल भर्ना हुने जोखिमलाई पक्कै पनि कम गरेको छ ।

जुनसुकै खोपहरू बनेका छन्, ती दुई वर्षअघि देखा परेको भाइरसको पहिलो रूपसँग लड्नका लागि विकास गरिएका हुन् । अब प्रश्न उठ्छ कि ती मौलिक खोपहरूको तेस्रो वा ‘बूस्टर’ डोजले सुरक्षा दिन सक्छ वा ओमिक्रोनले खोपको सुरक्षा भङ्ग गरिसकेको छ ।

यो हाम्रोलागि भाग्यको कुरा हो कि हाम्रो प्रतिरक्षा प्रणालीको लागि बूस्टर डोज पहिलेको जस्तो छैन । यद्यपि बूस्टर डोजको लागि खोपको मात्रा समान हुन सक्छ । बूस्टर डोजपछि तपाईंले सुरक्षा प्राप्त गर्नुहुन्छ, जुन धेरै व्यापक छ र यस प्रकारको सुरक्षा पहिले थिएन ।

कोभिड विद्यालय

तपाईंको प्रतिरक्षा प्रणालीले कोरोना भाइरससँग लड्न सिक्नुपर्छ ।
पहिलो विकल्प यो हुन सक्छ कि तपाईं आफैंले पत्ता लगाउन सक्नुहुन्छ कि तपाईंलाई भाइरसmे समातिसकेको छ । यद्यपि त्यहाँ भाइरसको बारे गलत पत्ता लगाउने खतरा पनि छ, जसले तपाईंलाई गम्भीररूपमा बिरामी बनाउन सक्छ ।

खोप भनेको एउटा विद्यालय जस्तै हो, जसले तपाईंको प्रतिरक्षा प्रणालीलाई सुरक्षित वातावरण दिन्छ र कोभिडको शिक्षा दिन्छ । पहिलो मात्रा प्राथमिक विद्यालय शिक्षा हो, जसले आधारभूत कुराहरू सिकाउँछ ।

दोस्रो र तेस्रो खुराकले तपाईंको प्रतिरक्षा प्रणालीलाई माध्यमिक विद्यालय र त्यसपछि विश्वविद्यालयमा पठाउँछ, जहाँ नाटकीयरूपमा उसको बुझाइ अझ गहिरो हुन्छ । यो प्राथमिक विद्यालयलाई बारम्बार दोहो¥याउने जस्तो होइन ।

युनिभर्सिटी अफ नटिङ्घमका भाइरोलोजिस्ट प्रोफेसर जोनाथन बल बूस्टर डोजबारे भन्छन्, “प्रतिरक्षा प्रणालीले भाइरसको गहिरो ज्ञान र बुझाइ प्राप्त गर्छ ।” उनले भने कि सबै कुराकानी ओमिक्रोनको उत्परिवर्तन र रूपान्तरणको बारेमा हो, जबकि भाइरस र यसका भेरियन्टहरूको लागि उच्च प्रशिक्षित प्रतिरक्षा प्रणालीले ‘अविश्वसनीयरूपमा गा¥हो र प्रतिकूल वातावरण’ प्रदान गर्दछ ।

यस शिक्षाबाट एन्टिबडीहरूले सबैभन्दा बढी फाइदा पाउँछन् । यी टाँसिने प्रोटीनहरू हुन्, जसले आफूलाई कोरोना भाइरसको वरिपरि बेर्छ । यी भाइरसलाई निष्क्रिय गर्ने एन्टिबडीहरू भाइरससँग टाँसिन्छन्, जसले गर्दा यसले तपाईंका कोषहरूलाई आक्रमण गर्न सक्दैन । जबकि अन्य एन्टिबडीहरूले भाइरस मार्ने सङ्केत पठाइरहन्छन् ।

निरन्तर प्रयोगशालामा प्रयोग र विश्व तथ्याङ्कले देखाउँछ कि कोभिड खोपको दुई मात्रापछि तपाईसँग भाइरस मार्ने एन्टिबडीहरू छन्, जुन ओमिक्रोनविरुद्ध कम प्रभावकारी हुन्छ ।
इम्पेरियल कलेज लन्डनका इम्युनोलोजिस्ट प्रोफेसर डेनी अल्टम्यान भन्छन् कि तपाईसँग अब वास्तवमा केही छैन र तपाईं सङ्क्रमणको जोखिममा हुनुहुन्छ ।

त्यसैले अब विद्यालय फर्किनुपर्ने आवश्यकता छ ।
खोपको प्रत्येक मात्राले तपाईंको प्रतिरक्षा प्रणालीमा एन्टिबडी उत्पादनको अर्को चरण शुरू गर्छ। यसले राम्रा एन्टिबडीहरू बनाउँछ, जसले भाइरसलाई दृढतापूर्वक आफ्नो हिरासतमा लिन्छ । यो एक प्रक्रिया हो, जसले बिस्तारै–बिस्तारै परिपक्वता ल्याउँछ ।

प्रोफेसर अल्टम्यान भन्छन्, “समयसँगै तपाईंका एन्टिबडीहरू अझ राम्रोसँग फिट हुँदै गइरहेका छन् र यसले विशेषज्ञता र राम्रो सुझबुझ हासिल गरिरहेको छ ।”
यदि एन्टिबडीहरू कोरोना भाइरसलाई अझ भरपर्दोरूपमा आफ्नो पकडमा ल्याउन सफल भएमा ओमिक्रोन भेरियन्टलाई यसबाट बच्न गा¥हो हुनेछ । नयाँ भाइरसमा धेरै उत्परिवर्तन भइरहन्छन्, तर यो अझै पनि कोरोना भाइरस हो र यसको अझै धेरै भागमा परिवर्तन भएको छैन ।

खोपको अर्को चरणको साथ प्रतिरक्षा प्रणालीले थप नयाँ एन्टिबडीहरू प्राप्त गर्नेछ, जसले गर्दा यसले भाइरसलाई नयाँ तरीकाले आक्रमण गर्ने उपायहरू पनि खोज्नेछ ।

सङ्ख्याको खेल

यो एन्टिबडीको गुणस्तरलाई लिएर मात्र होइन, यसको मात्राले पनि लड्ने क्षमता बढाउँछ ।
इम्पेरियल कलेजका प्रोफेसर चाल्र्स बङ्घम भन्छन्, “यदि तपाईंको शरीरमा धेरै मात्रामा छ भने यसले रगतमा एन्टिबडीको मात्रालाई बढाउँछ र यो कति समयसम्म रहन्छ थाहा छैन, तर तपाईंले जतिपटक खोप लगाउनुहुन्छ, तपाईंको प्रतिरक्षा प्रणालीको क्षमता लामो समयको लागि बढ्छ ।”

एक समान अनुसन्धानहरूबाट स्पष्ट छ कि खोपको दुई मात्रा ओमिक्रोनविरुद्ध कमजोर छन् । बूस्टर डोजपछि कुनै पनि कोभिड लक्षणविरुद्ध सुरक्षा ७५ प्रतिशतसम्म बढेको देखियो ।
बूस्टर डोजले निश्चितरूपमा हाम्रो प्रतिरक्षा प्रणालीलाई भविष्यका कुनै पनि भेरियन्टविरुद्ध एक कदम अगाडि लैजान्छ ।

बी–सेलहरू हाम्रो शरीरका ती अङ्गहरू हुन्, जसले ठूलो मात्रामा एन्टिबडीहरू उत्पादन गर्छन् । बूस्टर डोजपछि यसले धेरै च्यापच्याप हुने र थप परिमार्जित एन्टिबडीहरू उत्पादन गर्दछ । यीमध्ये धेरैले कोरोना भाइरस पत्ता लगाउन सक्छन् भने बाँकी कम विकसित र लचिलो हुन्छन्।

प्रोफेसर बल भन्छन्, “उनीहरू फरक दिशामा पनि जान सक्छन् र नयाँ भेरियन्ट आएको अवस्थामा उनीहरूले नयाँ एन्टिबडीहरू पनि उत्पादन गर्न सक्छन् ।”
त्यहाँ टी–सेलहरू पनि छन्, जसले बूस्टर डोजपछि प्रशस्त मात्रामा कोभिड भाइरसमाथि प्रचुर मात्रामा आक्रमण गर्न सक्षम हुन्छन् ।

टी–सेलहरूले भाइरस समात्न विभिन्न विधिहरू प्रयोग गर्छन् र यसले हाम्रो शरीरको जाँच गर्छ कि हाम्रा कोशिकाहरू कोभिडबाट सङ्क्रमित छन् कि छैनन् ।
टी–सेलहरूले कोरोना भाइरसका ती भागहरू पत्ता लगाउँछन्, जसलाई आफैंलाई परिवर्तन गर्न गा¥हो हुन्छ ।

जब ओमिक्रोनले हाम्रो प्रतिरक्षा प्रणालीलाई आक्रमण गर्छ, खोपको प्रत्येक मात्रा र यहाँसम्म कि हरेक सङ्क्रमणले पनि हाम्रो शरीरलाई यसबाट बचाउन धेरै हतियार प्रदान गर्दछ । यी सबैबाट के थाहा हुन्छ कि खोपले हामीलाई गम्भीर बिरामी हुनबाट जोगाउँछ । प्रोफेसर बङ्घम भन्छन्, “भाइरसविरुद्धको प्रतिरोधात्मक क्षमता कहिल्यै उस्तै हुन सक्दैन । तपाईं जहिले पनि पुनः सङ्क्रमित हुन सक्नुहुन्छ र तपार्ईं फेरि सङ्क्रमित हुनुपर्छ ताकि भाइरस सामान्य बनिरहोस् । तपाईंलाई थाहा नै हुँदैन कि तपाईं सङ्क्रमित हुनुहुन्छ वा हुनुहुन्न ।”
स्रोतः बिबिसी न्यूज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here