प्रस, वीरगंज, ९ पुस/

श्रीसिया नदी एवं वीरगंज प्रदूषणमुक्त अभियानसम्बन्धी बृहत् खुला अन्तत्र्रिmया कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

कार्यक्रममा वक्ताहरूले श्रीसिया नदीको विगत र अहिलेको अवस्था हेर्दा झन् प्रदूषित हुँदै गएको बताएका थिए । पहिला नुहाउन मिल्ने नदी अहिले हेर्न नसकिने अवस्थामा पुगेकोले तत्काल नदीलाई प्रदूषणमुक्त बनाउन जोड दिएका थिए । उद्योग, कलकारखाना बन्द नगरेर वाटर ट्रिटमेन्ट प्लान्टको माध्यमबाट पानी नदीमा खसाल्नुपर्नेमा जोड दिए । रामवनदेखि श्रीसिया खोलाको मुहान शुरू भएको र सो नदीको छेउछाउ भारत, रक्सौलसम्म सयौं उद्योग–कलकारखानाहरू सञ्चालनमा छन् ।

दबाबस्वरूप आयोजना गरिएको अन्तत्र्रिmयामा प्रदेश सरकारले स्वच्छता अभियानको नाममा धोका दिएको बताइएको थियो । मठमन्दिर, पोखरीमा अर्बौं रुपैयाँ खर्चेर स्वच्छताको नाममा लुटेर खाने भाँडा बनाएको वक्ताहरूले आरोप लगFएका थिए । वीरगंज निवासी मुख्यमन्त्री लालबाबूराउत गद्दीलाई पटक–पटक स्वच्छता अभियान अन्तर्गत श्रीसिया नदीलाई व्यवस्थित गर्न र मास्टर प्लान बनाएर अगाडि बढ्न ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म केही नभएकोमा दुःख व्यक्त गरिएको थियो ।

कार्यक्रममा रक्सौलका अभियन्ता प्राडा अनिल सिन्हाले वीरगंज महानगरलगायत यहाँको प्रदेश सरकारले चाहेमा श्रीसिया खोलालाई पर्यटकीय स्थल बनाउन सक्ने बताए । उनले भारतका नदीमा डुङ्गा चलाएर त्यहाँका सरकारले बर्सेनि करोडौं रुपैयाँ राजस्व उठाउने गरेको उदाहरण दिए । वीरगंजको फोहोरले रक्सौल र त्यस क्षेत्रका बासिन्दाहरू पनि प्रभावित भइरहेकामा दुःख व्यक्त गर्दै नदीको मुहानदेखि नै सफा गर्दै जानुपर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले वीरगंजवासीहरूको चाहना अनुसार नै महानगरले काम गर्ने वातावरण मिलाउनुपर्ने बताए । उनले कर्मचारी आउनेजाने गर्छन् तर वीरगंजवासीले चाहेमा श्रीसिया नदीको पचास प्रतिशत फोहर समाप्त भएर जाने बताए ।

कार्यक्रममा सप्रजिअ पौडेलले स्थानीय प्रशासनको हैसियतले आफूहरूले अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अभियानका संयोजक सुरेन्द्रप्रसाद कुर्मीको सभापतित्वमा भएको कार्यक्रममा वडाध्यक्ष ब्रह्मदेवप्रसाद कुर्मी, अवधकिशोर कुशवाहा, ओमप्रकाश सर्राफ, बाबूराम कौशिक, मोनिका सिंह, रम्भा मिश्र, कमल चौगाईं, बृजेश्वर चौधरीलगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here