प्रस, रक्सौल, ७ पुस/

बिहारका मुख्यमन्त्री नितिश कुमारले महिलाहरूको गुनासोको आधारमा बिहारमा मदिरामाथि प्रतिबन्ध लगाएको बताएका छन् । मोतिहारीमा आयोजित समाज सुधार अभियान अन्तर्गत गाँधी मैदानमा आयोजित कार्यक्रममा मुख्यमन्त्री नितिश कुमारले मदिरामाथि प्रतिबन्ध लगाएको कारण सामाजिक स्थितिमा निकै सुधार आएको दाबी गरे ।

उनले मदिरामाथिको प्रतिबन्धका साथै दहेज र बालविवाहविरुद्ध पनि समाजलाई अगाडि आउन आग्रह गरे । उनले विवाहको कार्डमा दाइजो लिन्नँ भनेर लेखिने प्रथा अहिले कम भएकोमा दुःख व्यक्त गरे । उनले अब उपरान्त कार्डमा दाइजो लिन्नँ भनेर नलेख्ने व्यक्ति जोसुकै भएपनि आफू त्यस्तो विवाहमा सहभागी नहुने प्रतिबद्धता जाहेर गरे ।

उनले मदिरा बन्द गरेपछि यसको विरोधमा धेरै आवाज उठेको चर्चा गर्दै ग्रामीण क्षेत्रबाट मदिरा बन्द अभियान शुरू गरेको र शहरी क्षेत्रमा पनि यसको असर राम्रो देखिएपछि सबै क्षेत्रमा मदिरा बन्द गरेको बताए । उनले मदिरमाथिको प्रतिबन्ध लागे पनि अहिले यस विषयमा गडबडी भइरहेकोतर्फ सङ्केत गर्दै यसविरुद्ध कारबाई गर्न स्थानीय प्रशासनलाई निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here