प्रस, वीरगंज, ७ पुस/

वीरगंज युवा समाजले चीसो बढेसँगै महानगरका विभिन्न ठाउँमा दाउरा वितरण गरेको छ । चोकचोकमा मानिसहरू जमघट हुने स्थानमा दाउरा वितरण गरेर आगोबाट न्यानो पार्ने काम गरेको समाजका अध्यक्ष कमल चौगाईंले बताए ।

उनको नेतृत्वमा बिर्ता मन्दिर चोकमा दाउरा वितरण गरिएको थियो । यसैगरी, नारायणी अस्पतालमा पनि दाउरा वितरण गरिएको थियो । समाजका सदस्य दिवससिंह ठकुरीको संयोजकत्वमा वीरगंज भन्सार, शङ्कराचार्य गेट, घण्टाघर, पावरहाउस चोकमा दाउरा वितरण गरिएको थियो ।

केही दिनदेखि वीरगंजलगायतका क्षेत्रमा चीसो बढेपछि समाजले आज दाउरा वितरण गरेको सदस्य दिगम्बर थापाले बताए ।

समाजका अध्यक्ष चौगाईंले चीसोबाट बच्न चोकचोकमा सम्भव भएसम्म दाउरा वितरण कार्यलाई निरन्तरता दिने र यससँगै कपडा वितरण गरिने बताएका छन् । उनले आज पाँच क्वीन्टल दाउरा वितरण गरिएको बताएका छन् । दाउरा वितरण कार्यमा अनुप अग्रवाल, अमित गुप्ता, आदित्य चौगाईं, रवि केशरी, लालबाबू चौधरीलगायतले सहयोग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here