प्रस, वीरगंज, ५ पुस/
लोकतान्त्रिक समाजवादी पार्टी, प्रदेश २ का संयोजक जीतेन्द्र सोनलले चुनावको बेलामा नेताहरू सदरमुकाम पुगेर ठूलठूला भाषण गर्ने तर जनताको घरदैंलोमा पुगेर उनीहरूको समस्या बुझ्ने नगरेको आरोप लगाएका छन् ।
लोसपा, बाराले कलैया उपमहानगरपालिका–१४ भवरामा आयोजना गरेको वडा भेलामा बोल्दै नेता सोनलले किसानहरूले मलको अभाव झेलिरहेको, विद्यालयहरूमा पठनपाठनको समस्या रहेको, टोल–टोलमा नाला, सडक, बत्तीको अभाव रहेको सम्बन्धमा ठूला दलहरू मूकदर्शक भएको आरोप लगाए । उनले काङ्गे्रस, एमाले, माओवादीले जनतालाई माकुरा जालमा फसाएर फाइदा मात्रै लिंदै आएको बताए । उनले जनसमस्याप्रति तीनवटै दल गैरजिम्मेवार भएको दोषारोपण गरे ।
तुलसीप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा श्याम गुप्ता, सञ्जय पाण्डे, पिङ्की यादव, जयप्रकाश साह, जय गुप्ता, रामचन्द्र साहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सबिर आलमले सञ्चालन गरेको कार्यक्रममा स्वागत अनिल जयसवालले गरेका थिए ।