दार–ए–सलाम, ५ पुस/सिन्ह्वा
ताञ्जानियाको राष्ट्रिय महिला फूटबल टीमका कम्तीमा पनि ११ जना खेलाडीमा कोरोना पोजेटिभ भएको बताइएको छ । यहाँको २० वर्षमुनिको राष्ट्रिय महिला फूटबल टीमका ११ जना खेलाडी र पाँचजना कर्मचारी गरी १६ जनामा कोरोना भाइरस पोजेटिभ भएको बताइएको छ । यहाँका फूटबल अधिकारीहरूले सो जानकारी दिएका हुन् । उनीहरूका अनुसार ती खेलाडीहरू अहिले खेलका लागि बुरुन्डी पुगेका थिए ।
उनीहरू बुरुन्डीमैं कोरोना पोजेटिभ भएको समाचरमा जनाइएको छ । उनीहरू विश्वकपका लागि क्वालिफाइङ खेल खेल्न त्यहाँ पुगेका बेला पोजेटिभ भएको समाचारमा जनाइएको छ । उनीहरू बुरुन्डीसँग खेल खेल्नका लागि तयारी गरिरहेका थिए । त्यसै क्रममा पिसिआर परीक्षण गरिएको र त्यसमा उनीहरू पोजेटिभ देखिएपछि उनीहरूले खेल्न नपाएको बताइएको छ । रासस