सान्टियागो, ५ पुस/एएफपी

ल्याटिन अमेरिकी मुलुक चिलीमा ३५ वर्षका विद्यार्थी नेता राष्ट्रपतिमा निर्वाचित भएका छन् । आन्दोलनकारी कम्युनिस्ट नेताका रूपमा चर्चित गेब्रियल बोरिक चिलीको सबैभन्दा कान्छो राष्ट्रपतिका रूपमा निर्वाचित भएका हुन् । कुल मतको ५६ प्रतिशत मत पाएर उनी निर्वाचित भएपछि अहिले देशभरि खुशियाली छाएको र दशौं हजार मानिसले विजय जुलुस निकालेको विदेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनका प्रतिद्वन्द्वी तथा पुरातनवादी पार्टीका नेता जोस एन्टेनियो कास्टले भने ४४ प्रतिशत मात्रै मत पाएका थिए । उनीहरूका बीचमा १२ प्रतिशत मतअन्तर थियो । विश्वविद्यालयको शिक्षा निश्शुल्क हुनुपर्ने मागसहित सन् २०११/१२ मा विद्यार्थीहरूले गरेको आन्दोलनमा उनी मुख्य आन्दोलनकारी थिए ।

त्यसपछि सन् २०१३ मा भएको तल्लो सदनको निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवार बनेर जीत हासिल गरेका थिए ।

त्यसैगरी, सन् २०१७ मा पनि उनी सबैभन्दा धेरै मतसहित विजयी भएका थिए । अहिले फेरि सरकारविरुद्ध भएको व्यापक प्रदर्शनपछि राष्ट्रपतीय निर्वाचन भएको हो । निर्वाचनका बेलामा आफू निर्वाचित भएमा चिलीमा स्थिर अर्थव्यवस्था अवलम्बन गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here