प्रस, वीरगंज, ४ पुस/
नेकपा एमाले वीरगंज महानगर कमिटीले बुथ सम्पर्क अभियान शुरू गर्ने निर्णय गरेको छ ।
दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले दिएको सन्देश अनुसार उनको सरकार रहँदा भएका महŒवपूर्ण कार्यको जानकारी बुथस्तरसम्म पु¥याउन र सङ्गठन निर्माण तथा पार्टी प्रवेश कार्यक्रम गर्न अभियान शुरू गरिएको उपाध्यक्ष महेश दासले बताए । उनले यो अभियान पुस १५ गतेदेखि दुई महीनासम्म सञ्चालन हुने जानकारी गराएका छन् ।
अभियान महानगरका ३२ वटै वडामा सञ्चालन हुने सचिव सुन्दर कर्मीले बताए । दुई महीने अभियानमा बुथस्तरमा जनवर्गीय सङ्गठन गठन, विस्तार, मतदाता नामावली दर्तामा जनतालाई सहयोग गर्ने र रचनात्मक अतिरिक्त क्रियाकलाप लगायतका कार्यहरू गरिने सचिव कुर्मीले बताए ।
वीरगंज महानगर कमिटीको अध्यक्ष राजेन्द्रप्रसाद यादवको अध्यक्षतामा बैठकमा आगामी कार्ययोजना र बुथ सम्पर्क अभियान कार्यक्रम योजनाबारे उपाध्यक्ष दासले प्रस्ताव पेस गरेका थिए ।
यसैगरी, बैठकले यही पुस ८ गते जगरनाथपुर गापामा पार्टी अध्यक्ष ओली आउने कार्यक्रममा भव्य सहभागिता जनाउने निर्णय गरेको छ । बैठकमा केन्द्रीय सदस्यहरू प्रभु हजरा, निर्मला देवकोटा, राजकुमार गुप्ता, अरविन्द सिंहलगायतको सहभागिता थियो ।