मनिला, ४ पुस/एएफपी

फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। योसँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पु¥याउने प्रयासहरू बढ्दै गएका छन् । राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रहरूलाई तहसनहस बनाएपछि तीन लाखभन्दा बढी मानिस आफ्नो घर र समुद्र तटका रिसोर्टहरू छोडेर भागेका थिए ।

आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । छाना उडाएको छ । बिजुलीका पोलहरू ढलेका छन् र गाउँँहरू बाढीमा डुबेका छन् । राईले बिहीवार प्रतिघण्टा १९५ किलोमिटर (१२० माइल) गतिको हावाको गतिमा आएको सुपर टाइफुनको रूपमा देशमा प्रहार गरेको थियो ।

सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यमा सहयोग गर्न हजारौं सेना, प्रहरी, तटरक्षक र दमकल खटिएका छन् । कोस्ट गार्ड र खाना, पानी र चिकित्सा आपूर्ति बोकेका नौसेनाका जहाजहरू प्रभावित क्षेत्रतर्फ पठाइँदै छन् । परोपकारी र आपत्कालीन सेवाहरूले चन्दाको लागि अपील गरेका छन् । बोहोलका केही भागहरूमा भएको क्षतिको हवाई सर्वेक्षण गरिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here