प्रस, वीरगंज, ३ पुस/

संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल, बाराले शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । राज्यलक्ष्मी रिलिफ हस्पिटल प्रालिमा आयोजित रक्तदान कार्यक्रममा २४ जना पुरुष र छजना महिला गरी ३० जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र, वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए ।

कार्यक्रममा रञ्जीत यादव, सुरेश दास, गम्भीरा साह, मनोज मुखिया, जरिना खातुन, रूपासिंह राठौरलगायतले रक्तदान गरेको प्राविधिक झाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here