प्रस, वीरगंज, २ पुस/

ट्राफिक सप्ताह अन्तर्गत आज पाँचौं दिन वीरगंज महानगरको पाँच स्थानमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सा अन्तर्गत बसपार्क, पावरहाउस, गण्डक, पोखरिया, अस्थायी ट्राफिक प्रहरी चौकी र स्थानीय सङ्घसंस्थाको सहभागितामा पाँच स्थानमा सचेतना कार्यक्रम गरिएको ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले बताए ।

कार्यक्रममा प्रातः भ्रमणमा रहेका मानिसहरू, कलेज, विद्यालय जाने विद्यार्थीहरूलाई भेला गराइ ट्राफिक नियम, कानूनबारे जानकारी गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजका प्रमुख सुमन कार्कीले बताए ।

यसैगरी ट्राफिक नियम कानूनबारे जानकारी गराउन पम्पलेट पनि वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here