प्रस, जनकपुरधाम, २९ मङ्सिर/

डा सिके राउत नेतृत्वको जनमत पार्टीले ‘बुथ–बुथ मजबूत’ अभियान चलाउने निर्णय गरेको छ। ढल्केबरमा मङ्गलवारदेखि शुरू भएको सो पार्टीको केन्द्रीय विस्तारित बैठकमा बुधवार उक्त निर्णय भएको हो।

पार्टी अध्यक्ष डा राउतले अभियानबारे बैठकमा प्रकाश पारेका थिए। पार्टीलाई बुथस्तरबाटै मजबूत बनाउन ‘बुथ–बुथ मजबूत’ अभियान चलाउने निर्णय भएको जनमत पार्टीले जनाएको छ। राजनीतिक एकाइहरूमध्ये बुथ नै आधारस्तम्भ भएकोले बुथस्तबाटै सङ्गठनलाई मजबूत पार्न अभियान शुरू गर्नुपर्ने डा राउतले बैठकमा बताएका थिए।

अभियानको लोगोमा सिंहको चित्र राखिएको छ। केही दिन पहिले पनि  अध्यक्ष डा राउतले मेचीदेखि महाकालीसम्म ‘जनमत माटो यात्रा’ सम्पन्न गरेका थिए। मधेसका सबै जिल्लाको माटो सङ्कलन गरेका उनले मधेस एकता उद्यान निर्माण गरिने  बैठकमा जानकारी दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here