प्रस, जीतपुर, २९ मङ्सिर/

सिमरामा जारी ग्रासरूट फूटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल राष्ट्रिय मावि, अमलेखगंजलाई पराजित गर्दै नेपाल राष्ट्रिय मावि, बकुलिया प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

सिमरा रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा नेरामावि, अमलेखगंजलाई शून्यका विरुद्ध दुई गोल न्तरले पराजित गर्दै नेरामावि, बकुलिया प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।

बकुलियाका अमिउल्लाह मियाँले खेल शुरू भएको १४औं मिनेटमा र रवीन्द्र चौधरीले मध्यान्तरपछिको छैटौं मिनेटमा  एक/एक गोल गरेका थिए।

पहिलो सेमिफाइनल खेलको ‘म्यान अफ दी म्याच’ बकुलियाका अमिउल्लाह घोषित भए। प्रतियोगिता अन्तर्गत भोलि बिहीवार दोस्रो तथा अन्तिम सेमिफाइनल राष्ट्रिय विभूति शिक्षा सदन, डुमरवाना र लोटस एकेडेमी, सिमराबीच हुने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले बताए।

 

 

पोखरामा पहिलोपटक शहीद स्मारक ‘ए’ डिभिजन लिगका खेल

कास्की, २९ मङ्सिर/रासस

शहीद स्मारक ‘ए’ डिभिजन फूटबल लिगको इतिहासमा पहिलोपटक पोखरामा लिगका खेल सञ्चालन हुँदैछन्। विसं २०११ देखि नेपालमा शहीद स्मारक लिग शुरू भएकामा पहिलोपटक मोफसलले लिग आयोजनाको अवसर पाएको छ।

लिग शुरू भएको ६७ वर्षपछि मनाङ मस्र्याङ्दी क्लबको अग्रसरतामा पोखराले लिगको आतिथ्य गर्ने मौका पाएको हो। पोखरा रङ्गशालालाई मनाङले ‘होम ग्राउन्ड’ बनाएपछि उसले खेल्ने तीन खेल यहाँ सञ्चालन हुनेछन्।

अखिल नेपाल फूटबल सङ्घ(एन्फा)ले राजधानी काठमाडौंमा जारी ‘कतार एवरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिग’को चौथो चरणका खेल समाप्तिपछि मनाड्ढा तीन खेल यहाँ आयोजना हुन लागेको जनाएको छ।

लिग निर्देशक सञ्जीव मिश्रका अनुसार पाँचFैं चरणमा आगामी पुस ३ गते मनाङ मस्र्याङ्दीले नेपाल पुलिस क्लबसँग पोखरा रङ्गशालामा खेल्नेछ। यसैगरी, मनाङले पुस ११ गते ब्रिगेड ब्वाइज क्लबसँग र पुस २४ गते च्यासल युथ क्लबसँग खेल्ने तालिका छ।

पहिलो खेलका लागि दुवै टोलीका खेलाडी, एन्फा पदाधिकारी तथा लिग निर्देशक र अफिसियलको टोली पोखरा आइपुगेको छ। काठमाडौं केन्द्रित लिग यस वर्षदेखि राजधानीबाहिर आएको लिग निर्देशक मिश्रले बताए। एन्फाले आगामी दिनमा राष्ट्रिय लिगलाई देशका प्रमुख रङ्गशालामा लैजाने योजना बनाएको बताइन्छ।

उनले भने, “यस वर्षको लिग शुरू गर्नुअघि हामीले दशरथ रङ्गशाला, च्यासल, एन्फा कम्प्लेक्स र पोखरा रङ्गशालामा खेलाउँछFैं भनेका थियौं। एन्फाको चाहना र मनाड्ढो अग्रसरतामा लिग पोखरा आएको छ। लिगलाई राष्ट्रियस्वरूप दिएर मेचीदेखि महाकालीसम्मका स्टेडियमा खेलाउने र सबैले अपनत्व लिन सकोस् भन्ने चाहना राखेका छौं।”

‘ए’ डिभिजन लिगलाई एन्फाले राउन्ड रोबिनको योजना बनाए पनि कोभिड–१९ का कारण सम्भव नभएको बताइन्छ। लिगमा सहभागी १४ क्लबले एकापसमा खेल्नेछन्। हालसम्म २८ खेल दशरथ रङ्गशालामा सम्पन्न भएका छन्।

पोखरा फूटबल रङ्गशालालाई मनाङ मस्र्याङ्दी क्लबले आफ्नो होम ग्राउन्ड बनाउन राष्ट्रिय खेलकूद परिषद् र एन्फासँग सहमति लिएको छ। मनाङले खेल्ने तीनवटै खेलका सबै खर्च उसैले बेहोर्नेछ। सोही अनुसार मनाङले क्लबसँग सहमति गरेर पोखरामा खेल्न विपक्षी टोलीलाई निम्ता गरेको लिग निर्देशक मिश्रले बताए।

उनले भने, “एन्फाले कुनै क्लबलाई पोखरामा खेल्नुहोस् भनेर आग्रह गर्दैन। क्लबकाबीच एकापसमा सहमति भएर पोखरामा खेल्न तयार छौं भनेर सहमति बुझाएपछि एन्फाले आफ्नो खेलतालिकामा राखेको हो।”

एन्फाले सुरुआतमा तीन खेलको तालिका पोखरामा राखे पनि आगामी दिनमा अन्य खेल पनि यही हुन सक्ने जनाएको छ। लिगको दशौं चरणपछि क्लबको नम्बर बराबर हुने अवस्थामा एउटै समयमा विभिन्न रङ्गशालामा खेलाउनुपर्ने अवस्थामा पोखरालाई पनि प्रयोग गर्न सकिने बताइन्छ।

मनाङ मस्र्याङ्दी क्लबका उपाध्यक्ष एवं एन्फाका केन्द्रीय सदस्य विजय घलेले लिगका खेल काठमाडौं बाहिर पनि लैजाने एन्फाको योजनामा आफूहरूले साथ दिएको बताए। यसलाई पोखराबाट शुरू गर्नुपर्दछ भनेर क्लबले अग्रसरता लिएको बताए। पोखरामा मनाड्ढा समर्थक बढी रहेको र खेल गतिविधिका कारण पोखरा खेलकूद शहर बन्दै गएकाले समेत मनाड्ढो प्राथमिकता पोखरा रहेको उनले बताए।

उनले भने, “पोखरामा मनाड्ढा समर्थक पनि बढी छन्, यसका साथै नेपालको एउटा स्पोट्र्स क्यापिटल पनि पोखरा हो। दर्शकको चाहना पनि यहाँ खेल होस् भन्ने रहेकाले हामीले छनोट ग–यौं।” घलेले पोखरामा हुने खेलमा दर्शकको राम्रो साथ पाउने विश्वास लिइएको जनाए।

एन्फाका केन्द्रीय उपाध्यक्ष उपेन्द्रमान सिंहले पोखरामा सञ्चालन हुने खेल व्यवस्थितरूपमा सम्पन्न हुने बताए। उनले फूटबललाई माया गर्ने समर्थकका लागि सुवर्ण अवसर रहेको भन्दै पर्यटन प्रवद्र्धनमा फूटबलले सघाउने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here