नरेश यादव, पर्सागढी, २८ मङ्सिर/
धानखेती भिœयाएका किसानहरू अहिले गहुँ, मकै, आलु, तोरी, मुसुरो खेतीमा व्यस्त छन्।
पर्सागढी नगरपालिका अन्तर्गतका खेतहरूमा अहिले किसानहरू मकै, गहुँ, मुसुरो, तोरी, आलु रोप्न तल्लीन छन्। धानखेतीपछि यही बालीहरू यो क्ष्Fेत्रमा अधिकांश किसानले लगाउँदै आएका छन्।
यसैबीच, किसानहरू अहिले मजदूर अभाव भोग्दैछन्। अन्य मजदूरीमा शारीरिक श्रम र समय दुवै कम लाग्ने तर मजदूरी बढी पाउने भएकोले खेतीबारीमा मजदूरहरू पाउन कम भएको हो। युवाशक्तिहरू वैदेशिक रोजगारमा गएका र नगरपालिकामा भएका अन्यहरू भने कलकारखाना, घर निर्माण लगायतका काममा बढी खट्ने गरेका छन्। त्यसमा खेतभन्दा बढी आम्दानी हुने गरेकोले उनीहरूको आकर्षण खेतीबारीमा कम भएको हो।
मकैखेती गर्ने हृदयनारायणप्रसाद यादवले मजदूर अभावमा मकैखेती गर्नुपरेको बताए। उनले अन्य खेतीपाती गर्नेहरूसँग सहकार्य गरेर मकैखेती गरेको बताएका छन्।
खेत गोड्ने, लाइन बनाउने, बीउ रोप्नेजस्ता कार्य मकैखेती गर्दा गर्नुपर्ने हुन्छ र यसका लागि मजदूर आवश्यक हुने तर मजदूरको अभावमा काम ढिलो भइरहेको बताए।
सामान्यतया खेतीपातीमा खट्ने महिला मजदूरलाई रु २ सय र पुरुष मजदूरलाई रु ५ सय ज्याला दिने गरिन्छ। महिलाहरूले खुर्पा र पुरुषहरूले कोदालोबाट काम गर्ने हुँदा मजदूरीमा यो भिन्नता भएको अर्का किसान कृष्ण चौरसिया बताउँछन्। महिला मजदूरले गर्ने काममा शारीरिक श्रम कम लाग्ने तर पुरुषहरूले कोदालोको प्रयोग गर्दा शारीरिक श्रम बढी लाग्ने हुँदा श्रम अनुसारको ज्याला तोकिएको उनले प्रस्ट्याए।
धानखेती भिœयाउनासाथ ट्याक्टरबाट खेत जोतिएको तर खेतमा कोदालो चलाएर गोडमेल गर्ने मजदूरहरू समयमा नपाउँदा मकैखेती गर्न ढिलो भएको उनले बताए।