राजेश केशरीवाल, रक्सौल, २८ मङ्सिर/

भारत, बिहार रक्सौल अन्तर्गत पर्ने पञ्चायती क्षेत्रमा सम्पन्न चुनावको नतीजा मङ्गलवार जारी भएको छ। मोतिहारी डायटमा सम्पन्न मतगणनामा भेलाही पञ्चायतबाट सुमन पटेल २८८३ मत प्राप्त गरी आफ्नो निकटतम प्रतिद्वन्द्वी रेखा देवीलाई १०५४ मतअन्तरले पराजित गरी विजयी भएका छन्।

यस्तै, पुरन्दरा पञ्चायतबाट श्रीराय नटले २८०२ मत, लौकरिया पञ्चायतबाट पूर्वमुखिया अशोककुमार सिंहले २२२३ मत, परसौना तपसीबाट फरहत आराले २१६९ मत, पलनवा जगधरबाट प्रभा देवीले ३०६९, लक्ष्मीपुर पञ्चायतबाट शैली देवीले २१४१ मत, सिसवा पञ्चायतबाट पुनः रामनारायण रामले ९१६ मत प्राप्त गरी विजयी भएका छन्।

रक्सौल जोकियारी पञ्चायतबाट राजु महतोले २५२७ मत, हरनाहीबाट जफीर अहमदले २४४६ मत, पन्टोका पञ्चायतबाट सुमन चौरसियाले २३९९ मत, धनगढवा कौडिहारबाट तबसुम आराले २८८६ मत, हरदियाबाट कबिर आलमले ४१६७ मत एवं नोनियाडिहबाट रुबी कुमारीले २८३२ प्राप्त गरी विजयी घोषित भएका छन्। यसैगरी, जिल्ला परिषद् क्षेत्र नं १ बाट मोहम्मद नवी हसनले १२४६७ मत र क्षेत्र नं २ बाट सुनीता देवीले ९१२२ मत ल्याइ विजयी भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here