प्रस, पोखरिया, २८ मङ्सिर/

पोखरियामा मङ्गलवारदेखि ९ दिने सप्तचण्डी महायज्ञ शुरू भएको छ। प्रदेशसभा सदस्य प्रह्लाद गिरीले महायज्ञ र महायज्ञशालाको मङ्गलवार उद्घाटन गरेका थिए। महायज्ञको उद्घाटन गर्दै प्रदेशसभा सदस्य गिरीले धर्म संरक्षणको लागि यज्ञलगायतका कार्य आवश्यक रहेको बताए। उनले जिल्लामा रहेका विभिन्न धार्मिकस्थलको संरक्षणमा सबैको ध्यान पुग्नुपर्ने बताए। धार्मिक कार्यले मानिसलाई अनुशासित बनाउने हुँदा यसको अभ्यास निरन्तररूपमा गर्दा फाइदा हुने बताए।

महायज्ञको लागि सोमवार जलयात्रा निकालिएको थियो। पोखरिया नगरपालिका–६ मा स्थानीयवासी र नगरपालिका, वडापालिकाको सहयोगमा ९ दिने महायज्ञ शान्ति, अमनचयनको लागि आयोजना गरिएको हो। महायज्ञ उद्घाटन समारोहमा लोसपाका नेता निजामुद्दीन समानी, सुजीत गिरी, वडाध्यक्ष सियानन्द चौहानलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here