प्रस, वीरगंज, २७ मङ्सिर/

वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम प्रभावकारी ढङ्गबाट सञ्चालन हुनुपर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय, पर्साको आयोजना तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरको सहकार्यमा सोमवारदेखि एक हप्ते ट्राफिक सचेतना अभियानको उद्घाटन गर्दै प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सवारी नियम पालना गर्दा सवारी दुर्घटना कम हुने बताए । उनले नियम उल्लङ्घन गर्दा दुर्घटना बढ्ने गरेकोले सबैले सजगतापूर्वक काम गर्नुपर्ने बताए ।

जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले ट्राफिक सचेतना अभियानबाट दुर्घटना न्यूनीकरणको सम्भावना बढी भएकोले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए । उनले नियम पालना गर्दा र उल्लङ्घन गर्दाको सूचकाङ्क हेर्दा उल्लङ्घन गर्ने क्रममा दुर्घटना बढेको हुनाले ट्राफिकले सचेतना अभियानको आयोजना गरेको र यसलाई नागरिक तहबाट सहयोग पुगेको खण्डमा मात्र प्रभावकारी हुने बताए ।

प्रहरी उपरीक्षक रमेश बस्नेतले आम मानिस तथा सडक प्रयोगकर्ताहरूलाई सवारी दुर्घटनाबाट हुने धनजनको क्षति न्यूनीकरणका लागि साताव्यापी ट्राफिक सचेतना अभियान आयोजना गरिएको बताए । उनले सचेतना अभियानमा मोटरसाइकल तथा ठूला, मझौला सवारीका चालक, सहचालक, यात्रीलगायतलाई सचेत पार्ने जानकारी गराए । सचेतना अभियानबाट पछिल्लो समय दुर्घटना न्यूनीकरणमा निकै सहयोग पुगेको उनले दाबी गरे ।

ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष प्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्की, प्रनि नितेशकुमार सिंह, सुमन कार्की, शोभनविक्रम राणा, छपकैया, मुर्ली सामुदायिकका अध्यक्ष क्रमशः ग्यासुद्दीन मियाँ ठकुराई, राम सर्राफ, अलडी युवा क्लबका ओम साह र पियुष अग्रवाललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here