जोहानेस्बर्ग, २७ मङ्सिर/सिन्ह्वा

दक्षिणी अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड–१९ को सङ्क्रमण भएको छ । सङ्क्रमणपछि उनी उपचार गराइरहेको दक्षिणी अफ्रिकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

उनले यसअघि नै कोरोना भाइरसविरुद्ध दुई मात्रा खोप लगाएका थिए । यसैले उनलाई धेरै समस्या नभएको बुझिएको छ । तर पनि उनी सैन्य अस्पतालका वरिष्ठ चिकित्सकहरूको निगरानीमा रहेको बताइएको छ । हालै मात्र कोरोनाको घातक ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा पत्ता लागेको थियो ।

यो भाइरस संसारका धेरै देशमा पुगिसकेको छ । तर उनलाई ओमिक्रोन हो कि होइन भन्नेबारे भने केही बताइएको छैन । ओमिक्रोन दक्षिण अफ्रिकामा पाइएको भनेपछि अहिले विश्वका कैयौं देशले दक्षिण अफ्रिकाको यात्रा गर्न प्रतिबन्ध लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here