प्रस, वीरगंज, २५ मङ्सिर/
प्रेस चौतारी नेपालको शनिवार बसेको केन्द्रीय कमिटीको बैठकले कमिटीलाई पूर्णता प्रदान गरेको छ ।
शनिवार बसेको बैठकले केन्द्रीय उपाध्यक्षमा लालबाबू शेख र केन्द्रीय सदस्यमा शत्रुघ्न नेपाल, केसी लामिछाने र कमल उपाध्यायलाई मनोनयन गरेको छ ।
चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले २४९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता प्रदान गरेको हो । यसअघि अनुशासनको कारबाईमा परेर निष्कासन भएर पद खाली भएकाहरूमा विधान अनुसार मनोनीत गर्दै २४९ केन्द्रीय समितिलाई पूर्णता दिइएको हो । अध्यक्ष बस्नेतले अनुशासनको कारबाईमा परेर निष्कासनमा परेर पद खाली भएपछि पदाधिकारीहरूको चयन भएको बताए ।
प्रेस चौतारीको २०७७ माघ ८ गते भएको राष्ट्रिय भेलाले विधान संशोधनसहित केन्द्रीय कमिटी विस्तारको अधिकार अनुुसार पूर्णता दिएको जनाइएको छ ।