प्रस, रक्सौल, २५ मङ्सिर/

भारतीय एसएसबीले दुईजनालाई पक्राउ गर्नुका साथै २३ जना नाबालकको उद्धार गरेको छ ।
शङ्काको आधारमा २३ जना बौद्धधर्मी नाबालकहरूलाई एसएसबीले उद्धार गरेको हो । उनीहरूलाई उद्धार गर्ने क्रममा दुईजनालाई नियन्त्रणमा लिइएको छ ।

२३ जना बालबालिकालाई भारत लैजाने क्रममा एसएसबीले उद्धार गरेको बताइएको छ । उनीहरूलाई भारतको बोधगया लैजाने क्रममा रक्सौलबाट एसएसबीले उद्धार गरेको हो ।

नेपालको काठमाडौंलगायत विभिन्न ठाउँबाट बालबालिकाहरूलाई सो ठाउँमा लैजाने काम भएको थियो । चारदेखि आठ वर्षका बालबालिकालाई उद्धार गरेको र नेपाल प्रहरीको जिम्मा लगाइएको एसएसबीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here