प्रस, वीरगंज, २४ मङ्सिर/

महिला हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत माइती नेपाल, पर्साले वीरगंज महानगर–४ बिर्तामा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । ‘घरबाटै शुरू गरौं, महिला हिंसा अन्त्य गरौं’ नाराका साथ आयोजित सचेतना कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष जगत साह कानूले महिला हिंसा अन्त्य हुनुपर्ने बताए ।

उनले महिला हिंसाले समाजमा नराम्रो असर पारेको र यसको कारण समाजमा विकृति मौलाउँदै गएको भन्दै लैङ्गिक हिंसा गर्नेहरूलाई कानूनी दायरामा ल्याएर कारबाई गर्नुपर्ने बताए ।

माइती नेपाल, पर्साकी संयोजक सङ्गीता पुरीले लैङ्गिक हिंसाविरुद्धका घटनाहरू बढ्दै गएकामा चिन्ता व्यक्त गरिन् । उनले यसविरुद्धका अभियानहरू सञ्चालन भइरहँदा पनि हिंसा कम नभएको भन्दै यसका लागि समाजका अगुवाहरू अगाडि आउनुपर्ने सुझाव दिइन् । उनले आफ्नो तहबाट लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रभावकारी भूमिका खेल्दै आएको दाबी गरिन् ।

कार्यक्रमका अध्यक्ष सामुदायिक सेवा केन्द्र, बिर्ताका अध्यक्ष सालिकराम प्रसादले लैङ्गिक हिंसा अन्त्य हुनुपर्ने कुरामा समाजका अगुवाहरूको पहल हुनुपर्ने बताए । उनले यसविरुद्ध सचेतना कार्यक्रम प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रमको सहजीकरण सानो पाइलाका अध्यक्ष सुदीप लामाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here