प्रस, परवानीपुर, २४ मङ्सिर/

नेपालकै पुरानो विमानस्थलको रूपमा चिनिने सिमरा विमानस्थलमा पछिल्लो समय प्राविधिक समस्या उत्पन्न भएको छ । निजी विमान कम्पनीले काठमाडौं–सिमरा रूटमा ठूला विमान सञ्चालनमा ल्याएपछि उत्तर दिशाबाट गरिने उडान र अवतरणमा जोखिम देखेर सिमरा विमानस्थलले दक्षिण दिशाबाट मात्र उडान र अवतरणको अनुमति दिएको छ ।

एक हजार १९२ मिटर रनवे रहेको विमानस्थलमा बिच क्राफ्ट, एटिआरलगायतका विमानलाई उत्तर दिशातर्फ रहेका रूख र घरहरूका कारण जोखिम भएपछि विमानस्थलले दक्षिण दिशाबाट उडान र अवतरण गराउन लागेको हो ।

दैनिक १२ देखि १४ वटा उडान हुने काठमाडौं–सिमरा रूटमा दैनिक करीब १५ सय यात्री ओहोरदोहोर गर्छन् । विमानस्थलले दक्षिण दिशाबाट एकतर्फी हवाई उडान र अवरणको अनुमति दिएसँगै तीनवटा विमान पार्किङ गर्न सकिने विमानस्थलमा उडान भर्न लागेका कतिपय विमान रनवेमैं रोकिनुपर्ने र निर्धारित उडानमा ढिलाइ भइरहेको निजी विमान सञ्चालकहरूले बताएका छन् ।

व्यापक प्राविधिक समस्या रहेको विमानस्थलमा सुधारका लागि सम्बन्धित निकायलाई पत्राचार गरेको सिमरा विमानस्थलका प्रमुख भुपेन्द्र भट्टले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here