प्रस, बारा, २३ मङ्सिर/
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, डुमरवाना र राष्ट्रिय विभूति शिक्षा सदन डुमरवाना, सिमरामा जारी अन्तर विद्यालय फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बिहीवार भएको प्रि–क्वाटरफाइनल खेलमा सिमरा पब्लिक इङ्ग्लिश स्कूल (एसपिईएस) लाई २–० ले हराउँदै नेरामाविे क्वाटरफाइनलमा स्थान बनाएको हो । त्यस्तै, राष्ट्रिय विभूति शिक्षा सदनले नोबेल एकेडेमीलाई ३–० ले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश ग¥यो ।
नेरामाविलाई जीत दिलाउन करण चौधरी एक्लैले दुई गोल गरे । खेलको सुरुआती समयमैं गोल गरेर अग्रता बनाएका करणले ४५ मिनेटमा अग्रता दोब्बर पारे । टीमलाई २–० को जीत दिलाएका करण नै खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।
यसैगरी, राष्ट्रिय विभूतिको जीतमा राजकुमार चौधरीले दुई गोल गरेका थिए । केशव चौधरीको नाममा एक गोल रह्यो । खेलको म्यान अफ दी म्याच राजकुमार चौधरी घोषित भए ।
प्रतियोगिता अन्तर्गत शुक्रवार एक खेल हुनेछ । दिउँसो २ः३० मा हुने खेलमा बारा एकेडेमी, पिलुवा र न्यू एकता बोर्डिङ स्कूल खेल्ने प्रतियोगिताका संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।