प्रस, वीरगंज, २२ मङ्सिर/
सानो पाइलाको पन्ध्रौं वार्षिकोत्सवको अवसरमा बुधवार आयोजित मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाले जितेको छ ।
आदर्शनगर रङ्गशालामा सानो पाइलोसँग आयोजित मैत्रीपूर्ण क्रिकेटमा टस जितेर नेपाल पत्रकार महासङ्घ, पर्साले ब्याटिङ गरेको थियो । निर्धारित १२ ओभरको खेलमा ८ विकेट गुमाएर पत्रकार महासङ्घले ९३ रन जोडेको थियो ।
प्रतिउत्तरमा ९४ रनको लक्ष्य लिएर मैदानमा उत्रेको सानो पाइला निर्धारित १२ ओभरमा ३ विकेट गुमाएर ८७ रनमा सीमित रह्यो । विजयी नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीलाई नेपाल पत्रकार महासङ्घ प्रदेश २ का महासचिव श्याम बन्जाराले शिल्ड प्रदान गरेका थिए ।
प्रतियोगितामा सानो पाइलाका अध्यक्ष सुदीप लामा, पत्रकार महासङ्घ, पर्साका पूर्वअध्यक्ष शत्रुघ्न नेपाललगायतको सहभागिता थियो ।