प्रस, वीरगंज, २२ मङ्सिर/

वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले महानगर क्षेत्रमा निर्माण भइरहेका विकास निर्माण कार्यको स्थलगत निरीक्षण गरेका छन् ।

नगरस्तरीय बजेटबाट वडा नं ३ प्रगतिनगरमा निर्माण भइरहेको सडक ढलान र नाला निर्माण कार्यको नगरप्रमुख सरावगीले स्थलगत अनुगमन गरेका थिए । अनुगमनको क्रममा उनले निर्माण कार्य गुणस्तरीय हुनुपर्नेमा जोड दिए ।

महानगरपालिकाबाट हुने विकास निर्माण कार्यमा नगरवासीको पनि लगानी रहेकोले निर्माण कार्य गुणस्तरीय हुनुपर्नेमा जोड दिए । सो अवसरमा उनले विकास निर्माण कार्यमा नगरवासीको चासो रहनुपर्ने र सो गर्दा निर्माण कार्यमा अनियमितता हुन नसक्ने बताए । उनले विकास निर्माण कार्यमा बजेट मात्र सिध्याउने तरीकाले काम नगर्न ठेकेदार तथा उपभोक्ता समितिहरूलाई सचेत गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here