प्रस, सिम्रौनगढ, २२ मङ्सिर/
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सिम्रौनगढको पहिलो नगर अधिवेशन बुधवार सिम्रौनगढ–२ रानीवास फूलबारीमा सम्पन्न भएको छ ।
अधिवेशनमा पूर्वमन्त्री महेन्द्र पासवानले ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल सिम्रौनगढ र जनकपुरबीच घनिष्ट सम्बन्ध रहेको बताए । उनले जनकपुरको विकास भएपनि आजसम्म सिम्रौनगढको विकास हुन नसकेको बताए । सिम्रौनगढको विकासको लागि जनता जागरूक हुनुपर्ने उनले बताए ।
नेता श्यामकिशोर यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पूर्वमन्त्री सत्यनारायण भगत, केन्द्रीय सदस्य गोपाल ठाकुर, रविराज दङ्गाल, देवशरणसाह कानू, जयप्रकाश यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको स्वागत गजेन्द्र जयसवाल र सञ्चालन भोजेन्द्र यादवले गरेका थिए ।
अधिवेशनको बन्दसत्रले श्यामकिशोर यादवको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन गरेको छ । जसमा उपाध्यक्ष भोजेन्द्र यादव, सचिव मदन ठाकुर, कोषाध्यक्ष शीला राम र सदस्यहरूमा अब्बु महमद, झगडु महतो, मेथुर साह, सुशीला देवी, कोशिला देवी, मैना देवीलगायत छन् ।