प्रस, जीतपुर, २१ मङ्सिर/

संविधानसभा सदस्य जयराम दाहालले विकासको लागि सडक, पुल अनिवार्य आधार भएको बताएका छन् । मङ्गलवार जीतपुरसिमरा उपमहानगर–५ स्थित श्रीसिया खोलामा निर्माण हुने पुलको शिलान्यास गर्दै उनले पुलको अभावमा अब स्थानीयवासीले कठिनाइ भोग्नुनपर्ने बताए ।

जीतपुरसिमरा उपमनपाको रु ३० लाख आर्थिक सहयोगमा वडा नं ५ बकुलिया भवानीपुरस्थित श्रीसिया खोलामा पुल निर्माण भइरहेको छ । पाँच दशकदेखि पुलको अभावमा सो वडा र महमदपुरका बासिन्दाको दिनचर्या कष्टकर भएको वडाध्यक्ष मोहित चौधरीले बताए ।

कार्यक्रममा जनप्रतिनिधिहरू वीरेन्द्र गिरी, रामराज चौधरी, सैरुन खातुन, नसरुल्लाह मियाँलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here