खार्तुम, २१ मङ्सिर/सिन्ह्वा

सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दङ्गामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ । यहाँको एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ । सोमवार यहाँको सो संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा उक्त क्षेत्रमा दुई दिनयता भएका यी जातीय हिंसामा परेर ती नागरिकको ज्यान गएको पाइएको छ ।

अधिकारीहरूले जनाए अनुसार ती क्षेत्रमा यहाँका स्थानीय जातिबीच झडप भएको थियो । यस झडपका क्रममा हतियारधारी उनीहरूले आपसमा हमला गरेका थिए । दक्षिणी डारफोरको किरानिक भन्ने स्थानमा हतियारधारीहरूले हमला गरेका र त्यसमा परेर ४८ जनाको ज्यान गएको र अरू दर्जनौं व्यक्ति घाइते भएका छन् ।

सो संस्थाका अनुसार मृत्यु हुने व्यक्तिको सङ्ख्या अझै यकीन हुन सकेको छैन । अरू कैयौंको ज्यान गएको पनि आशङ्का गरिएको सो विज्ञप्तिमा जनाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here