प्रस, वीरगंज, २१ मङ्सिर/

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, पर्साको आयोजनामा मङ्गलवार वीरगंजका सातवटा पसलमा छापा मारी जरिवाना गरिएको छ । खरीद बिल नदेखाएको, अनुगमनमा असहयोग गरेको, सातवटा पसललाई जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलीपखङ्ग खत्वेले जनाए ।

उनले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिमको कसूरमा वीरगंज–१३ स्थित न्यू ग्याजेट्स जोन, वीरगंज–१० स्थित बालाजी डिपार्टमेन्ट स्टोर, वीरगंज–७ रेशमकोठीस्थित न्यू मेलोडी, रुचि सपिङ सेन्टर, राइट च्वाइस, वीरगंज–६ स्थित नेपाल म्युजिकल सेन्टरलाई जनही रु १० हजार र वीरगंज–७ कादमिया स्टोरलाई रु ५ हजार जरिवाना गरिएको सूचना अधिकारी खत्वेले बताए ।

उनले कारबाईमा परेका पसलेहरूलाई सात दिनभित्र जरिवानाबापत रकम बैंकमा दाखिला गरी भौचर कार्यालयमा पेश गर्न भनिएको र सो अनुरूप नगरिए थप कारबाइ गर्ने बताए । अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वीउवासङ्घ र कन्जुमर आई नेपालका प्रतिनिधि सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here